गाउँबाट फर्केपछि « Khabarhub

कविता

गाउँबाट फर्केपछि


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

उ गाउँ हेरेर शहर फर्किएको छ
घरभरी लागेका माकुराका जालो
उम्रिरहेका वनमाराका झाडी
लेउ लागेका आँगन
दैलोमा बाआमाका तस्बिर

सुनसान छ गाउँ
खै के के हेरेर उ शहरै फर्किएको छ
मन रोएको छ
तर, पाइलो दौडिएको छ

गाउँमा –
घर छन्‌, मान्छे छैनन्‌
स्कूल छन्‌, विद्यार्थी छैनन्‌
सडक छन्‌, मोटर छैनन्‌
अस्पताल छन्‌, बिरामी छैनन्‌
नेतामात्रै छन्‌, भोटर छैनन्‌
खण्डहर उठिबास पो छ गाउँ

रित्ता घरहरूले गाउँ रुँघिरहेछन्‌
प्रत्येक घरका भविष्य विदेश भासिएछन्‌
चौतारी सुनसान छ
सोरठी, चुड्का र सालैजो खै कता पो छ
गाउँ त गाउँ जस्तै छैन

गाउँ रित्तिनु इतिहास रित्तिनु हो
सभ्यता र संस्कृति मेटिनु हो
भाइचारा सकिनु हो
गाउँ नहुनु त देश नै नहुनु पो हो !

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  २ : ३२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने