गाउँबाट फर्केपछि « Khabarhub

कविता

गाउँबाट फर्केपछि


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

उ गाउँ हेरेर शहर फर्किएको छ
घरभरी लागेका माकुराका जालो
उम्रिरहेका वनमाराका झाडी
लेउ लागेका आँगन
दैलोमा बाआमाका तस्बिर

सुनसान छ गाउँ
खै के के हेरेर उ शहरै फर्किएको छ
मन रोएको छ
तर, पाइलो दौडिएको छ

गाउँमा –
घर छन्‌, मान्छे छैनन्‌
स्कूल छन्‌, विद्यार्थी छैनन्‌
सडक छन्‌, मोटर छैनन्‌
अस्पताल छन्‌, बिरामी छैनन्‌
नेतामात्रै छन्‌, भोटर छैनन्‌
खण्डहर उठिबास पो छ गाउँ

रित्ता घरहरूले गाउँ रुँघिरहेछन्‌
प्रत्येक घरका भविष्य विदेश भासिएछन्‌
चौतारी सुनसान छ
सोरठी, चुड्का र सालैजो खै कता पो छ
गाउँ त गाउँ जस्तै छैन

गाउँ रित्तिनु इतिहास रित्तिनु हो
सभ्यता र संस्कृति मेटिनु हो
भाइचारा सकिनु हो
गाउँ नहुनु त देश नै नहुनु पो हो !

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  २ : ३२ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको