‘जलवायु परिवर्तनको असर देखिन थाल्यो, सजग बनौँ’ « Khabarhub

‘जलवायु परिवर्तनको असर देखिन थाल्यो, सजग बनौँ’


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवम्‌ अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनका कारण आर्थिक तथा सामाजिक समस्या सिर्जना हुनसक्ने भएकाले सजग हुनुपर्ने बताएका छन्‌ ।

शनिबार काठमाडौंमा काठमाडौं विश्वविद्यालयले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनको असर देखिन थालेकाले यसका कारण हुन सक्ने आर्थिक तथा सामाजिक समस्याप्रति सजग हुनुपर्ने बताएका हुन्‌ ।

जलवायु परिवर्तन कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधानका प्रयास खोज्नुपर्ने उनले बताए ।

उनले आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा जलवायु परिवर्तनले पार्न सक्ने असरबारे नेपालले सधै अन्तराष्ट्रिय मञ्चहरुमा आफ्नो धारणा प्रस्तुत गर्दै आएको धारणा राखे ।

पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरि जलवायुमैत्री विकास प्रक्रियालाई अघि बढाउनुपर्ने आजको आवश्यता रहेको पनि पौडेलले बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : ०६ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित