‘जलवायु परिवर्तनको असर देखिन थाल्यो, सजग बनौँ’ « Khabarhub

‘जलवायु परिवर्तनको असर देखिन थाल्यो, सजग बनौँ’


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवम्‌ अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनका कारण आर्थिक तथा सामाजिक समस्या सिर्जना हुनसक्ने भएकाले सजग हुनुपर्ने बताएका छन्‌ ।

शनिबार काठमाडौंमा काठमाडौं विश्वविद्यालयले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनको असर देखिन थालेकाले यसका कारण हुन सक्ने आर्थिक तथा सामाजिक समस्याप्रति सजग हुनुपर्ने बताएका हुन्‌ ।

जलवायु परिवर्तन कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधानका प्रयास खोज्नुपर्ने उनले बताए ।

उनले आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा जलवायु परिवर्तनले पार्न सक्ने असरबारे नेपालले सधै अन्तराष्ट्रिय मञ्चहरुमा आफ्नो धारणा प्रस्तुत गर्दै आएको धारणा राखे ।

पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरि जलवायुमैत्री विकास प्रक्रियालाई अघि बढाउनुपर्ने आजको आवश्यता रहेको पनि पौडेलले बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : ०६ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले