रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत « Khabarhub

रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष नभएको बताएका छन् । 

गृहजिल्ला नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिकाको संगमस्थल सूर्यमती नदी र हेमवती नदीको संगम तादी दर्खु दोभानमा निर्माण हुन लागेको नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘सरकारले गरेको यो त गलत रहेछ, उ त छुट्यो भनेर हल्ला मच्चाइरहेका छन्,’ रवि समर्थकहरूले धरौटीमा रिहा भएपछि प्रयोग गरिरहेको भाष्यप्रति टिप्पणी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले प्रश्न गरे, ‘धरौटी के को लागि ६५ लाख धरौटी अदालतले यो–यो कारणले नराखिकन छोड्न मिल्दैन भने पछि केही समस्या नभएको भए धरौटी माग्थ्यो ?’ 

सरकारले अदालतमा दायर गरेको मुद्दामा रविको संलग्नता नदेखिएको भए अदालतले सोझै छोड्न सक्ने भन्दै कांग्रेस प्रवक्ता महतले धरौटीले उनको संलग्नता देखिएको जिकिर गरे ।   

‘सरकारले गलत मुद्दा दायर गरेको रहेछ भनेर अदालतले सिधै छोडिदिन्थ्यो । धरौटी राख्नुको मतलब के हो भने त्यहाँ केही समस्या रहेछ,’ उनले भने, ‘छोड्न त छोडेको छ, मुद्दा टुंगिएको छैन । मुद्दा नटुंगिदासम्म ६५ लाख तपाईंले राखेर बल्ल बाहिर जान पाउनु हुन्छ भनेर त्यो सहुलियत दिएको हो । अदालतले निर्दोष हो भनेको होइन ।’

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : १५ बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका