समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल « Khabarhub

समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । 

शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको भन्दै सबैलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविका लगायतका विषयलाई उचित ढंगले अघि बढाउन राज्यलाई दबाब दिने बताए ।

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको धारणा राखे ।

उनले बिचार मिल्नेसँगै अघि बढ्न सकिने र बिचार मिल्न बाकी रहे सहकार्य गर्न सकिने उल्लेख गरे । सत्ताको फेरबदलसंगै समाजवादी मोर्चा सक्रिय ढंगले अघि बढ्न नसकेकाले पुन सक्रिय बनाउन खोजेको उनले बताए ।

अध्यक्ष नेपालले राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा निराश नभई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : २८ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर