अमेरिकामा आँधीका कारण हजारौँ उडान रद्द « Khabarhub

अमेरिकामा आँधीका कारण हजारौँ उडान रद्द


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएका छन् ।

डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।

डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए । फ्लाइटअवेयरका अनुसार दुवै एयरपोर्टहरूमा एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरियो ।

संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो । यहाँ पाँच जनाको ज्यान गएको र सयौँ उडानहरू रद्द भएको थियो ।

केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस) भन्दा तल झर्‍यो र हजारौँ मानिसहरू बिजुलीविहीन भए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : ३६ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका