अस्थिरताको चक्र तोड्न दलहरू गम्भीर भएर समीक्षा गर्न आवश्यक : एनपी साउद | Khabarhub Khabarhub

अस्थिरताको चक्र तोड्न दलहरू गम्भीर भएर समीक्षा गर्न आवश्यक : एनपी साउद


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संविधानमा रहेका छिद्र (लुप होल)का कारण देखिएको अस्थिरताको चक्र तोड्नका लागि सबै राजनीतिक दलहरूले गम्भीर भएर समीक्षा गर्न आवश्यक रहेको बताएका छन् । 

कांग्रेस कपिलवस्तुले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य साउदले राजनीतिक अस्थिरताको चक्र तोड्ने उपाय संविधान संशोधन भएको बताए ।

‘संविधानमा नै हामीले सरकार स्थिर रहोस् र सरकारबिहीनताको स्थिति नहोस् भन्ने प्रावधानहरू राखेका थियौँ । तर, केही लुपहोल्सका कारण अस्थिरता नियन्त्रण हुन सकिरहेको छैन,’ उनले भने, ‘अब यो अस्थिरताको चक्रलाई तोड्नका लागि सबै राजनीतिक दलहरू गम्भीर भएर समीक्षा गर्न जरुरी छ । यसको समाधानको उपाय भनेको संविधान संशोधन हो ।’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । 

‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ,’ उनले भने । 

ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए । 

‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरितका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । यसले समग्र मुलुकको राजनीति फेरि अस्थिरताको बाटोमा जान्छ कि भन्ने संशय जनतामा पैदा भएको छ ।’ 

उनले पालिका, प्रदेश र संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी जनप्रतिनिधिहरूलाई जनताको पक्षमा निर्धक्कसँग काम गर्न आग्रह गरे । साउदले निर्वाचन अगाडिको गठबन्धनलाई परिणामका आधारमा मूल्यांकन गर्नुपर्ने पनि बताए । 

‘निर्वाचन अगाडिको गठबन्धनलाई परिणामका आधारमा मूल्यांकन गर्नुपर्छ । स्थानीय तह र वडा तहका विषयलाई केलाएर हेर्ने हो भने पार्टीलाई केही नोक्सान भएको छ,’ उनले भने, ‘तर, समग्र देशमा भएको निर्वाचनको परिणामलाई हेर्ने हा भने गठबन्धन सर्वथा गलत भन्नु उपर्युक्त हुन सक्दैन ।’

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ४ : १९ बजे

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी

संसद्को बैठक चाँडै आह्वान हुने सभापति खतिवडाको विश्वास

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को

कजाकिस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना

एजेन्सी – कजाकिस्तानको एक अदालतले क्यास्पियन सागर मुनि रहेको विशाल

कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

मनहरी– मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने