कजाकिस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना « Khabarhub

कजाकिस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कजाकिस्तानको एक अदालतले क्यास्पियन सागर मुनि रहेको विशाल तेल क्षेत्रबाट अत्यधिक ग्यास निकासी गरेकोमा तेल उद्योगहरूको एक सङ्घलाई शुक्रबार करिब छ करोड डलर भन्दा बढी जरिवाना गरेको छ ।

मध्य एसियाली देशले हालैका वर्षहरूमा वातावरणीय उल्लङ्घन गर्नेहरूलाई सजाय बढाएको छ ।

विशाल काशागन तेल क्षेत्रमा अत्यधिक अनधिकृत ‘फ्ल्यारिङ’को लागि छ करोड ६० लाख जरिवाना गरिएको थियो । फ्ल्यारिङ भनेको तेल ड्रिलिङ्गको क्रममा जमिनबाट निस्कने अतिरिक्त ग्यासलाई जलाउनु हो । यो सुरक्षा कारणहरूका लागि गरिन्छ तर प्रक्रियाले प्रायः हानिकारक वातावरणीय प्रदूषकहरूलाई हावामा छोड्छ ।

नर्थ क्यास्पियन अपरेटिङ कम्पनीका अनुसार काशागन तेल भण्डार हालैका दशकहरूमा सबैभन्दा ठूलो तेल खोजहरू मध्ये एक हो, जसमा करिब नौ देखि १३ अर्ब ब्यारेल पुनःप्राप्त गर्न सकिने तेल रहेको छ । 

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ६ : ११ बजे

लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं– सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग

मन्त्रालयको पहलमा नेसनल मेडिकल कलेज विवाद समाधान, आन्दोलनरत रेजिडेन्ट डाक्टर काममा फर्किने

काठमाडौँ – वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन

लुम्बिनीले गुमायो तेस्रो विकेट, कप्तान रोहित आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली–  तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।