खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज « Khabarhub

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । गत असोज–१२ गतेको बाढीले मोटरेबल पक्की पुल बगाएपछि यहाँ अस्थायी बेलिब्रिज जडान गरिएको हो । 

खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार सिमानामा पर्ने फोक्सिङटारमा रु एक करोड दुई लाख ९४ हजारको लागतमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको लोकमार्गको गाईघाट–दिक्तेल योजना कार्यालय प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । 

यो सडक खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने प्रमुख मार्गका रूपमा रहेको छ । नयाँ जडान गरिएको बेलिब्रिज ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाइ रहेको छ । 

पुल बगाएको साढे तीन महिनापछि अस्थायी बेलिब्रिज जडान गरेसँगै खोटाङबाट पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क पुनःस्थापित भएको कार्यालय प्रमुख ज्ञवालीले बताए। 

आज बेलिब्रिजको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले दीर्घकालीन रूपमा समस्या समाधान गर्न मोटरेबल पुल निर्माणका लागि पहल भइरहेको बताए।

‘फोक्सिङटार पुल खोटाङवासीको दैनिकीसँग जोडिएको छ । बेलिब्रिजले अस्थायी रूपमा सुविधा भए पनि यसका दीर्घकालीन समाधान भनेको पक्की पुल निर्माण नै हो । त्यसका लागि पहल भइरहेको छ’, उनले भने । 

हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनःसमस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरिरहेका छन् ।

उद्योग वाणिज्य सङ्घ खोटाङका राजनप्रसाद अध्यक्ष आचार्यले तत्कालका लागि अस्थायी बेलिब्रिज जडान भएपछि तराईका जिल्ला आवतजावत गर्न र व्यापारीलाई दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको बताए।

‘फोक्सिङटार पुल बगाएपछि मध्यपहाडी लोकमार्गको घुर्मी–कटारी हुँदै सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । अस्थायी भए पनि आजबाट त्यो हटेको छ तर वर्षायाममा फेरि उही नियति दोहोरिने भएकाले समयमै पक्की सडक निर्माण गर्न आवश्यक छ । त्यसमा सरोकार भएकाहरूको ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भने। 

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि लामो समयपछि यहाँ एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दश वर्ष लगाएर बनाएको पुल विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो तर दुई वर्षमै पुल बगाएपछि फेरि समस्या भएको छ । 

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ६ : २४ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर