गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाटै खतरामा छ : सांसद श्रेष्ठ « Khabarhub

गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाटै खतरामा छ : सांसद श्रेष्ठ


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाट नै खतरामा रहेको बताएका छन् ।

सांसद श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीको सातौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै सिंहदरबारमा बस्नेहरुबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको चार पिल्लरको रूपमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी-समानुपातिकता रहेको भन्दै कुनै एक पिल्लर ढलेमा गणतन्त्ररुपी घर पुरै ढल्ने बताए । 

उनले आफुलाई मन परेको पिल्लर मात्र ठाडो राख्न लागेमा संघीय लोकतान्त्रिक गणतन्त्र ठाडो रहन नसक्ने बताए ।

सांसद श्रेष्ठले संघीयता बिरोधीहरूले दाबी गरेजस्तो आर्थिक रूपमा संघीयता सेतो हात्ती नभएको जिकिर गरे । उनले संघीयता आउनु अघि राज्यको केन्द्र, विकास क्षेत्र, अञ्चल, जिल्ला, इलाका र गाबिस-पालिका गरी ६ वटा निकाय रहेको उल्लेख गर्दै आज संघ, प्रदेश र स्थानीय गरी जम्मा ३ तहमात्रै रहेको बताए । विगतमा झन्डै ४ हजार गाबिस र ३६ हजार वडा रहेकोमा आज ७५३ पालिका र ६,७४३ मात्रै वडा रहेको उनले उल्लेख गरे। 

विगतमा जनप्रतिनिधिको संख्या झन्डै २ लाख रहेपनि आज भने राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको संख्या झन्डै ३८ हजार मात्र रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले संघीयता आर्थिक रूपमा बोझ नभएको स्पष्ट पारे ।

उनले धर्मनिरपेक्षताको अर्थ नागरिकको धार्मिक स्वतन्त्रताको उच्च सम्मान हो भन्दै राज्यको धर्म नहुने तर  नागरिकको आ–आफ्नो व्यक्तिगत आस्थाको आधारमा धर्म हुने बताएका बताए ।

सांसद श्रेष्ठले नेपालजस्तो १४२ जातजाति र १२४ मातृभाषी भएको एक सुन्दर इन्द्रधनुषी राष्ट्रिय राज्यमा समावेशी -समानुपातिकता अनिवार्य रूपमा आवश्यक भएको पनि बताए । 

उनले विगतमा नश्लीय राज्यले जबरजस्ती पछाडि पारिएका जाति, क्षेत्र, समुदाय र लिंगलाई केही समय समावेशी-समानुपातिक सिद्धान्तको आधारमा अवसर दिनुपर्नेमा जोड दिए । उनले नेपाललाई समानतामा आधारित समाजभन्दा पनि समतामूलक समाजमा आधारित नेपाल बनाउन खोजेको बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ६ : ४७ बजे

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात

आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी

काठमाडौं– हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘घरकी मुर्गी दाल

सुदूरपश्चिम सरकारले अगाडि बढायो प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति

कांग्रेसले छाया सरकार गठन गरेको होइन : संसदीय दलका नेता आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया