‘भूमिहीनका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ’ « Khabarhub

‘भूमिहीनका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ’


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको छ । जनकपुरधाममा कायापलटको आयोजना र ह्याविट्याट फर हुम्यानीटिको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा वक्ताहरूले प्रदेश र सङ्घीय सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरेको हो ।

‘सुरक्षित घर अप्पन अधिकार नारा सहित भूमिहीनको कथा: समस्यादेखि समाधान’सम्म विषयक कार्यक्रमका वक्ताहरूले प्रदेश सरकार र सङ्घीय सरकारलाई भूमिहीनका समस्याहरू समाधान गर्न सुझाएका हुन् । सडकमा खुल्ला बहसको आयोजना गर्दै सरोकारवालाद्वारा यस विषयमा आम जनमानसको समेत चासो बढ्नुपर्ने बताए । कार्यक्रममा वक्ता रहेका मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले स्थानीय निकायले जति प्रयास गरे पनि उपल्लो तहबाट सहयोग नपाएको जिकिर गरे ।

 उनले भने, ‘हामीले एक्लैले भूमिहिनको समस्या समाधान गर्न सक्दैनौ । यसका लागि तिनै तहको सरकारको समन्वय आवश्यक रहन्छ ।’ यादवले आफूले स्थानीय निकायको स्रोतबाटै छुट्टाएर विपन्नलाई सहयोग गरिरहेको उल्लेख गरे ।

कार्यक्रमका अर्का वक्ता तथा पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष मनिका झाले सरकारको नीति नै खुकुलो रहेको बताइन् । उनले सरकारको काम गर्ने तौरतरिका नै नमिलेको बताउँदै, सरकार सञ्चार माध्यबाट प्रकाशमा रहेका विषयलाई गलत व्याख्या गरेकै कारण समस्या निम्त्याएको जोड दिइन् ।

 झाले भनिन, ‘सरकार हुनेखानेको मात्रै भयो । नबोल्न सक्ने प्रताडीतको त कहिल्यै सरकार भएन ।’

उनले सुकुम्बासीहरु पढेलेखेका नभएको तथा आवाज बोल्न नजानेको हुँदा उनीहरूका लागि बोल्ने मानिस नभएको बताए ।

त्यस्तै वक्ता रहेका ह्याविट्याट फर ह्म्यानिटिका प्रतिनिधि सैयद महोमद नसिम सरबरले हामी सरकारको सहयोग गर्ने संस्था रहेको बताए । 

उनले भने, ‘सरकारको आवश्यक्तामा हामीले सहयोग गर्छौ । सरकारको माग बमोजिम आवासका लागि आधारभूत सहयोग हामीले गर्दै आएका छौँ ।’ 

उनले ह्याविट्याटले अहिलेसम्म सरकारसँगको सहकार्यमा दुई लाख बढी घरपरिवारलाई सुरक्षित आवाससँग समन्वय गरेको बताए ।

त्यस्तै मुखियापट्टी मुसहरनिया आवास क्षेत्रमा कार्य गरेकी अभियन्ता नन्दनी यादवले सरकारको काममा गुनासो गर्दै सरकारले छिटो भन्दा छिटो जाडो, घाम, पानी र बतासबाट सुकुम्बासीलाई बचाउनका लागि माग गरिन् । उनले सरकार मानवीय हृदय भएको हुन्छ भन्ने हो तर सरकारले न्यायोचित व्यवस्था नगर्दा दुःख भोग्नु परेको बताइन् ।  

कार्यक्रमको सहजिकरण पत्रकार कलेश कुमार ठाकुरले गरेका थिए । आयोजक संस्थाका संस्थापक दिवाकर उप्रेतीले यस प्रकारको कार्यक्रमले सुदूरका समस्या पनि सामुन्ने आई समाधानको बहस हुँदा व्यक्तिमा आलोचनात्मक चेत बढ्ने र सरकार जबाफदेही हुने बताए । कार्यक्रममा १६० भन्दा बढी मानिसको सहभागिता रहेको थियो भने समाचारको फोटो स्टोरी र कला प्रदर्शनीमा राखिएको थियो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : २८ बजे

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच

जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री  

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन