आज २०८१ साल माघ २९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २९ गते मंगलबारको राशिफल


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २९ गते मंगलबार माघ शुक्ल पक्षको चतुर्दशी तिथि। पशुपतिनाथको छाया दर्शन। तदनुसार सन् २०२५ फेब्रुअरी ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्नेछ। साथीभाइसँग सहकार्य गरेर अगाडि बढ्दा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। मिहिनेतलाई निरन्तरता दिनु राम्रो हुन्छ। विपक्षी साथीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमुधर बन्नेछ।

वृष : धनलक्ष्मी योग परेको छ। लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ। विपक्षी साथीबाट साथ मिल्नेछ। काम गर्दा सचेत भएर गर्नुपर्ने दिन छ। झुक्याएर सफलता मिल्ने भनेर नसोच्नु उचित हुनेछ।

मिथुन : उदयमान चन्द्रमा भएकाले तपाईंको कला र गलाको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ। रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ। नियमित औषधी प्रयोग नगरे समस्या बढ्नेछ।

कर्कट : सञ्चित धन खर्च हुनेछ। अनावश्यक क्षेत्रको खर्चबाट जोगिनु पर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने योग परेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा सफलता मिल्नेछ। साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। बौद्धिक क्षेत्रका साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा खुशी मिल्नेछ। परिवारसँग घुमघामको तय हुनेछ।

तुला : दिन राम्रो छ। विद्याका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। खुट्टा तान्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। आक्रोश सार्वजनिक गर्नुभन्दा समस्याको समाधान गर्नु उचित हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। दैनिक काममा अवरोध हुने भएकाले सचेत बनेर काम गर्नुपर्नेछ। क्षमताको प्रदर्शन गर्नुपर्ने दिन छ। साथीभाइबाट साथ मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा देखिएका अवसरमा रमाउने योग छ।

मकर : खर्च बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा निजी तरिकाले गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : शिक्षाका क्षेत्रमा सफलता मिल्नेछ। मध्य साढेसाती दशा चलिरहेकाले थोरै बोलेर जित्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंको कला र गलाको प्रशंसा हुनेछ। मनको कुरा लुकाएर राख्नु भन्दा परिवारसँग साट्नु उचित हुनेछ। परिवारमा संकट पर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। साथीभाइले भने साथ दिनेछन्।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ०१ बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज