विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण « Khabarhub

विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडी– ४ सिम्थरीमा ६ र वडा नम्बर ९ गोदनीमा ६ वटा आवास निर्माण गरिएका हुन् ।

नगरप्रमुख खडकबहादुर रावतले नवनिर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको बताए ।

ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त आवास गृह निर्माण गरिएका हुन् । सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ ।

घोडाघोडी नगरपालिकाको ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको २४ लाख र जनश्रमदान नौ लाख पाँच हजार पाँच सय दुई रुपैयाँ लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।

वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो । यसअघि पालिकाले वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ११ : ५७ बजे

मौसम पूर्वानुमान महाशाखाले तीन दिन अति भारी वर्षा हुने भन्दै दियो चेतावनी

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका