विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण « Khabarhub

विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडी– ४ सिम्थरीमा ६ र वडा नम्बर ९ गोदनीमा ६ वटा आवास निर्माण गरिएका हुन् ।

नगरप्रमुख खडकबहादुर रावतले नवनिर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको बताए ।

ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त आवास गृह निर्माण गरिएका हुन् । सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ ।

घोडाघोडी नगरपालिकाको ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको २४ लाख र जनश्रमदान नौ लाख पाँच हजार पाँच सय दुई रुपैयाँ लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।

वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो । यसअघि पालिकाले वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ११ : ५७ बजे

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन

राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल