अमेरिकामा फेरी ठोक्किए दुई विमान  « Khabarhub

अमेरिकामा फेरी ठोक्किए दुई विमान 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेनसी – संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । 

संघीय उड्डयन प्रशासनले एक निजी जेट रनवेबाट बाहिर निस्केको र अर्को जेटसँग ठोक्किएको बताएको छ। अहिले अमेरिकी प्रशासनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अमेरिकामा पछिल्लो १० दिनमा भएको यो चौथो विमान दुर्घटना हो ।

जानकारी अनुसार यो घटना सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा भएको हो । लियरजेट ३५ ए विमान अवतरणपछि धावनमार्गबाट ​​बाहिरिएको थियो । यस पछि एउटा गल्फस्ट्रिम २०० र्‍याम्पमा रहेको बिजनेस जेटसँग ठोक्कियो । विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकी राखिएको अवस्था थियो । विमानमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।

यसअघि अमेरिकाको अलास्काबाट नोम सहर जाँदै गरेको विमान अचानक बेपत्ता भएको थियो, त्यसपछि खोजी सुरु गरिएको थियो र अहिले उक्त विमानको भग्नावशेष समुन्द्रको हिउँमा फेला परेको छ । विमान समुद्री बरफमा दुर्घटनाग्रस्त भयो र जहाजमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।

घटनाको जानकारी दिँदै अमेरिकी तटरक्षक गार्डका प्रवक्ता माइक सालेर्नोले उद्धार टोलीले हेलिकप्टरमार्फत हराइरहेको विमानको निरन्तर खोजी गरिरहेको जानकारी दिँदै खोज टोलीले विमानको भग्नावशेष समुद्री बरफमा फेला पारेको बताए । दुई पौडीबाजलाई तल झरेर अनुसन्धान गर्दा विमानमा सवार ९ जना यात्रुसहित पाइलटको मृत्यु भएको पाइएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : ०८ बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट