संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग « Khabarhub

संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको सांसद दीपक गिरीले स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूलाई यथाशीघ्र न्याय दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार सुरु भएको बैठकको सुरुवात मै सभामुख देवराज घिमिरेसँग समय माग गरेर बोलेका दाङबाट संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद गिरीले मोही किसानसँग सरकारले यसअघि गरेको सहमति पनि स्मरण गराए ।     

उनका अनुसार २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो । जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमा प्रक्रिया सुरु गर्ने उल्लेख थियो । 

‘तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका छन् । मोही किसानहरूलाई मोही पूर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकोले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ,’ सांसद गिरीले भने, ‘यो सम्मानित सदनमार्फत् वास्तविक मोही किसानको पक्षमा सहमति अनुसार सरकारले उनीहरूसँग यथाशीघ्र न्याय प्रदान गरोस् भन्ने कुरा प्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : २८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने