भ्रष्टाचारसम्बन्धी विधेयक संसद्‍बाट हटाइएपछि प्रतिपक्षीले घेरे सरकारलाई « Khabarhub

भ्रष्टाचारसम्बन्धी विधेयक संसद्‍बाट हटाइएपछि प्रतिपक्षीले घेरे सरकारलाई


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्का विपक्षी दलहरूले प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकलाई हटाइएकोमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाउने काम भएको भन्दै विरोध जनाएका हुन् ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारको आग्रहमा संसद्‍बाट विधेयक हटाइएको भन्दै आक्रोश पोखेका छन् ।

सरकारले संसद्लाई अवहेलना गरिरहेको बताउँदै उनले जनताका प्रतिनिधिहरूको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको आरोप पनि लगाए ।

भ्रष्टाचारका विषय उठिरहँदा राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक नै हटाउनुले सरकारको कामप्रति नै आशंका उत्पन्न भएको उनले बताए ।

त्यस्तै रास्वपा सांसद गणेश पराजुलीले भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयक हटाउने काम भएको भन्दै आपत्ति जनाए ।

उनले संसद्‍लाई सरकारले पेल्न खोजेको आरोप पनि लगाएका छन् । सत्तापक्षले प्रतिपक्षीलाई दुईतिहाइको दम्भ देखाएको उनले बताएका छन् ।

उनले संसद्‍ सञ्चालनमा सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने धारणा पनि राखेका छन् ।

बैठकमै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमावलीका आधारमा संसद् चल्ने विषयलाई ख्याल राख्न माओवादीलाई सुझाव दिए ।

उनले संसद्‍को सम्भावित कार्यसूचीलाई सभामुखको निर्देशन अनुसार हेरफेर गर्न मिल्ने धारणा राखे ।

प्रतिपक्षीले दलले नियमावली बाहिर गएर धारणा राखेकाले केही अलमल भएको पनि उनले बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारसम्बन्धी विधेयक अघि बढाउने कार्यसूची रहे पनि अन्तिम समयमा हटाइएको थियो । त्यहीकारण प्रतिपक्षीले सरकारलाई संसद्‍बाट घेरा हालेका हुन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : ५९ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली