भ्रष्टाचारसम्बन्धी विधेयक संसद्‍बाट हटाइएपछि प्रतिपक्षीले घेरे सरकारलाई | Khabarhub Khabarhub

भ्रष्टाचारसम्बन्धी विधेयक संसद्‍बाट हटाइएपछि प्रतिपक्षीले घेरे सरकारलाई


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्का विपक्षी दलहरूले प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकलाई हटाइएकोमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाउने काम भएको भन्दै विरोध जनाएका हुन् ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारको आग्रहमा संसद्‍बाट विधेयक हटाइएको भन्दै आक्रोश पोखेका छन् ।

सरकारले संसद्लाई अवहेलना गरिरहेको बताउँदै उनले जनताका प्रतिनिधिहरूको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको आरोप पनि लगाए ।

भ्रष्टाचारका विषय उठिरहँदा राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक नै हटाउनुले सरकारको कामप्रति नै आशंका उत्पन्न भएको उनले बताए ।

त्यस्तै रास्वपा सांसद गणेश पराजुलीले भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयक हटाउने काम भएको भन्दै आपत्ति जनाए ।

उनले संसद्‍लाई सरकारले पेल्न खोजेको आरोप पनि लगाएका छन् । सत्तापक्षले प्रतिपक्षीलाई दुईतिहाइको दम्भ देखाएको उनले बताएका छन् ।

उनले संसद्‍ सञ्चालनमा सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने धारणा पनि राखेका छन् ।

बैठकमै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमावलीका आधारमा संसद् चल्ने विषयलाई ख्याल राख्न माओवादीलाई सुझाव दिए ।

उनले संसद्‍को सम्भावित कार्यसूचीलाई सभामुखको निर्देशन अनुसार हेरफेर गर्न मिल्ने धारणा राखे ।

प्रतिपक्षीले दलले नियमावली बाहिर गएर धारणा राखेकाले केही अलमल भएको पनि उनले बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारसम्बन्धी विधेयक अघि बढाउने कार्यसूची रहे पनि अन्तिम समयमा हटाइएको थियो । त्यहीकारण प्रतिपक्षीले सरकारलाई संसद्‍बाट घेरा हालेका हुन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : ५९ बजे

कालीमाटी तरकारी बजारको ब्रो काउलीमा विषादी भेटियो 

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको ब्रो काउलीमा विषादी

प्रधानमन्त्रीलाई गैरसरकारी संस्था महासङ्घको घोषणापत्र हस्तान्तरण

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित

त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ ।  स्वतन्त्र उम्मेदवारी दिएका

बढाउन सकेनन् बैंकहरूले कर्जा प्रवाह, वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत तल

काठमाडौं– बैंकहरू कर्जा प्रवाह बढाउन नसकेको तथ्यांकले देखाएको छ ।

योजना आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन- गरिबी निवारण प्राथमिकतामा राख्नुहोस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि