भ्रष्टाचारसम्बन्धी विधेयक संसद्‍बाट हटाइएपछि प्रतिपक्षीले घेरे सरकारलाई | Khabarhub Khabarhub

भ्रष्टाचारसम्बन्धी विधेयक संसद्‍बाट हटाइएपछि प्रतिपक्षीले घेरे सरकारलाई


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्का विपक्षी दलहरूले प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकलाई हटाइएकोमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाउने काम भएको भन्दै विरोध जनाएका हुन् ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारको आग्रहमा संसद्‍बाट विधेयक हटाइएको भन्दै आक्रोश पोखेका छन् ।

सरकारले संसद्लाई अवहेलना गरिरहेको बताउँदै उनले जनताका प्रतिनिधिहरूको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको आरोप पनि लगाए ।

भ्रष्टाचारका विषय उठिरहँदा राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक नै हटाउनुले सरकारको कामप्रति नै आशंका उत्पन्न भएको उनले बताए ।

त्यस्तै रास्वपा सांसद गणेश पराजुलीले भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयक हटाउने काम भएको भन्दै आपत्ति जनाए ।

उनले संसद्‍लाई सरकारले पेल्न खोजेको आरोप पनि लगाएका छन् । सत्तापक्षले प्रतिपक्षीलाई दुईतिहाइको दम्भ देखाएको उनले बताएका छन् ।

उनले संसद्‍ सञ्चालनमा सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने धारणा पनि राखेका छन् ।

बैठकमै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमावलीका आधारमा संसद् चल्ने विषयलाई ख्याल राख्न माओवादीलाई सुझाव दिए ।

उनले संसद्‍को सम्भावित कार्यसूचीलाई सभामुखको निर्देशन अनुसार हेरफेर गर्न मिल्ने धारणा राखे ।

प्रतिपक्षीले दलले नियमावली बाहिर गएर धारणा राखेकाले केही अलमल भएको पनि उनले बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारसम्बन्धी विधेयक अघि बढाउने कार्यसूची रहे पनि अन्तिम समयमा हटाइएको थियो । त्यहीकारण प्रतिपक्षीले सरकारलाई संसद्‍बाट घेरा हालेका हुन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : ५९ बजे

३० बिघा जग्गामा गरिएको गाँजा फँडानी

बागमती– प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको

रास्वपाको स्वीकारोक्ति- मूल्य मान्यता स्थापित गर्न नसक्दा पार्टीमा कैयौँ समस्या बढे

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा मूल्य मान्यता स्थापना गर्ने चक्र

अध्यक्ष चन्दले भने- क्रिकेटको स्वर्णिम युग सुरु भयो

भजनी– नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको

धर्मसँग मानवीय भावनालाई जोडौँ : अध्यक्ष ढकाल

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

नयाँ दिल्ली- एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा