उपसभामुख अलमलिँदा संसद्‍मा तनाव, विरोधमा उत्रिए विपक्षी दल « Khabarhub

उपसभामुख अलमलिँदा संसद्‍मा तनाव, विरोधमा उत्रिए विपक्षी दल


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानामगर अलमलिँदा तनाव भएको छ ।

सभामुख देवराज घिमिरे विश्राममा निस्किएको समयमा सभामुखको भूमिकामा आइपुगेकी रानामगर अलमलिँदा विपक्षीले विरोध गरेका हुन् ।

शून्य समय सकिएपछि उपसभामुख रानामगरले बैठकलाई विशेष सयमा लैजान खोजेकी थिइन् । शून्य समयमा सकिएर विशेष समयमा जाने बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोल्न समय मागे ।

तर, खतिवडालाई विशेष समयअन्तर्गत बोल्न दिइएको थिएन । खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकमाथि प्रहरीको दुरुपयोग गरेको भन्दै लगाएको आरोपको उक्त समयमा खण्डन गरे।

तर खतिवडाले न त शून्य समयमा बोलेका थिए न त विशेष सयमा । शून्य र विशेष समयको बीचमा कार्यसूचीबाहिरबाट बोल्न दिएको भन्दै विपक्षीले उठेर विरोध गरेका हुन् ।

खतिवडाले तत्कालीन गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आलोचनात्मक भनाइ राखेपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति जनाए ।

उनले खतिवडालाई दिइएको समयमा र उनको वक्तव्यमा आपत्ति जनाउँदै रेकर्डबाट हटाउन पनि माग गरे।

त्यसपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्ता पक्षले संसद्‍को दुरुपयोग गरेको आरोप लगाए । उनले सत्ता पक्षका लागि संसद्‍को ऐन मिचेर पनि समय दिएको भन्दै आपत्ति जनाए ।

त्यसपछि रानामगरले परिस्थितिलाई सम्हाल्न खोजिन् । खतिवडालाई शून्य समयमा बोल्न दिएका बेला छुटेकाले उनलाई समय दिइएको बताइन् । तर उनको भनाइप्रति रास्वपा र माओवादी विश्वस्त हुन सकेन। दुई दलले उठेर विरोध जनाएपछि अहिले संसद्‍मा अवरोधको अवस्था छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : २१ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको