उपसभामुख अलमलिँदा संसद्‍मा तनाव, विरोधमा उत्रिए विपक्षी दल « Khabarhub

उपसभामुख अलमलिँदा संसद्‍मा तनाव, विरोधमा उत्रिए विपक्षी दल


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानामगर अलमलिँदा तनाव भएको छ ।

सभामुख देवराज घिमिरे विश्राममा निस्किएको समयमा सभामुखको भूमिकामा आइपुगेकी रानामगर अलमलिँदा विपक्षीले विरोध गरेका हुन् ।

शून्य समय सकिएपछि उपसभामुख रानामगरले बैठकलाई विशेष सयमा लैजान खोजेकी थिइन् । शून्य समयमा सकिएर विशेष समयमा जाने बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोल्न समय मागे ।

तर, खतिवडालाई विशेष समयअन्तर्गत बोल्न दिइएको थिएन । खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकमाथि प्रहरीको दुरुपयोग गरेको भन्दै लगाएको आरोपको उक्त समयमा खण्डन गरे।

तर खतिवडाले न त शून्य समयमा बोलेका थिए न त विशेष सयमा । शून्य र विशेष समयको बीचमा कार्यसूचीबाहिरबाट बोल्न दिएको भन्दै विपक्षीले उठेर विरोध गरेका हुन् ।

खतिवडाले तत्कालीन गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आलोचनात्मक भनाइ राखेपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति जनाए ।

उनले खतिवडालाई दिइएको समयमा र उनको वक्तव्यमा आपत्ति जनाउँदै रेकर्डबाट हटाउन पनि माग गरे।

त्यसपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्ता पक्षले संसद्‍को दुरुपयोग गरेको आरोप लगाए । उनले सत्ता पक्षका लागि संसद्‍को ऐन मिचेर पनि समय दिएको भन्दै आपत्ति जनाए ।

त्यसपछि रानामगरले परिस्थितिलाई सम्हाल्न खोजिन् । खतिवडालाई शून्य समयमा बोल्न दिएका बेला छुटेकाले उनलाई समय दिइएको बताइन् । तर उनको भनाइप्रति रास्वपा र माओवादी विश्वस्त हुन सकेन। दुई दलले उठेर विरोध जनाएपछि अहिले संसद्‍मा अवरोधको अवस्था छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै