काठमाडौं महानगरले यी सडकलाई एकतर्फी बनाउने | Khabarhub Khabarhub

काठमाडौं महानगरले यी सडकलाई एकतर्फी बनाउने


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी, सुरक्षित र सहज बनाउन वडा नम्बर ५ विभिन्न सडकहरूलाई एकतर्फी (वान–वे)बनाउने भएको छ । 

महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरे वडा नम्बर ५ मा रहेका विभिन्न ७ वटा सडकहरूलाई आगामी फागुन ७ गतेबाट वान–वे बनाउने तयारी गरिएको जनाएको हो ।   

‘काठमाडौं महानगरपालिका– हाँडीगाउँअन्तर्गत तपसिलका सडकमा एकतर्फी (वन–वे) सवारी साधन सञ्चालन गर्नुपर्ने भएकोले महानगरपालिकाको भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको निर्णयअनुसार मिति २०८१ फागुन ७ गतेबाट लागू हुने सडकमा एकतर्फबाट मात्र सवारी साधन सञ्चालन हुने व्यवस्था गरिने भएकोले सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ । 

वान–वे हुने सडकहरू 

– काठमाडौं महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।

-विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्कालतर्फमात्र प्रवेश गर्न पाउने ।

– हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।

– नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।

– ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध ।

– वडा नं.५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।

– बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : ५१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस