गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा « Khabarhub

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन गर्ने ‘क’ वर्गका वाणिज्य बैंकहरू र तिनका पदाधिकारीहरूमाथि कारबाहीमा परेका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई विभिन्न कसुरमा सचेत गराउनेदेखि नगद जरिवानासम्मको कारबाही गरिएको हो ।

सबैभन्दा कडा कारबाही प्रभु बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनमाथि भएको छ । शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ । 

उनले केन्द्रीय बैंकले जारी गरेका निर्देशनहरू पटक–पटक उल्लंघन गरेको, कर्जाको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र बैंकको कोर बैंकिङ सिस्टमबाट प्राप्त हुने विवरणभन्दा फरक विवरण राष्ट्र बैंकमा पेस गरेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, प्रभु बैंकको सञ्चालक समितिलाई पनि गम्भीर कमजोरीहरू सुधार गर्न निर्देशन दिँदै सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा समेत गराइएको छ । बैंकले विगतका निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरू सुधार्न तदारुकता नदेखाएपछि राष्ट्र बैंकले यो कदम चालेको हो ।

सरकारी स्वामित्वका दुई ठूला बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ को व्यवस्था उल्लंघन गरी समयमै खाता रोक्का नराखेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को १ (क) बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ ।

त्यस्तै, कृषि विकास बैंक लिमिटेडले पनि विशेष स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंक र कानुन कार्यान्वयन गर्ने निकायहरूको अनुरोध बमोजिम समयमै खाता रोक्का नगरेको र विनियमावली बमोजिमको निर्देशन पालना नगरेकाले सो बैंकलाई पनि केन्द्रीय बैंकले सचेत गराइएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन कायम गर्न र नियमनकारी व्यवस्थाको प्रभावकारी पालना गराउन भन्दै यस्ता कारबाहीहरू गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १२ : २३ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि