रविको आलोचनामा रामहरिले खर्चिएको त्यो दुई मिनेट... | Khabarhub Khabarhub

रविको आलोचनामा रामहरिले खर्चिएको त्यो दुई मिनेट…


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षीय एक सांसदको भनाइका कारण प्रतिपक्षीहरू आक्रोशित भएका छन् ।

सभामुख देवराज घिमिरे विश्रामका लागि निस्केका बेला शून्य समय सकिएपछि विषेश समय सुरु गरेर उपसभामुख इन्दिरा रानामगरको अलमलका कारण सामान्य विषयले पनि तनावको अवस्था ल्याएको हो ।

शून्य समय सकिएकाले विशेष समयमा प्रवेश गरेको घोषणा गरेकी रानामगरले तत्कालै सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइन् ।

त्यहीकारण संसद्मा विरलै देखिने दृश्य देखिएको छ । उपसभामुखले संसद‍् कानुनको ख्याल नगरी कार्यसूचीमै नभएको समयमा सांसद खतिवडालाई बोल्न दिएको भन्दै आपत्ति जनाए ।

खतिवडाले बोल्दा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए । खासमा शून्य र विशेष समयको बीचमा खतिवडाले तत्कालीन गृहमन्त्री रवि लामिछानेको आलोचनामा आफ्ना शब्द खर्चिएका थिए । उनले वर्तमान प्रहरी महानिरीक्षक वसन्त कुँवरको बचाउ गर्दै गृहमन्त्री हुँदा रविले मनलाग्दी र मनपरी गरेको आरोप लगाएका थिए ।

उपसभामुखबाट तत्कालै बोल्ने समय पाएपछि २ मिनेट बोलेका रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखक र आईजीपी वसन्त कुँवरको बचाउ गर्दै रविको चर्को आलोचना गरे ।

उनले त्सक्रममा गृहमन्त्री लेखक र आईजीपी कुँवरको बचाउन गर्दै लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा बेथिती भित्र्याएको, १६ महिना जुनियरलाई बढुवा गरेको र मोलतोल गरेर सरुवा निर्णय गरेको जस्ता अनेक आरोप लगाए । उनले त खतिवडाको उक्त २ मिनेटको भनाइ संसद्को रेकर्डबाटै हटाउन पनि माग गरे ।

खतिवडा रविमाथि खनिएपछि रास्वपा सांसद गणेश पराजुलीले कुन नियमअन्तर्गत बोल्न दिइएको भनेर नियमापत्ति जनाए । त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि उपसभामुखलाई घेरे । उपसभामुख रानामगरले शून्य र विशेष समयका बीचमा भएको समस्याबारे जाँच गर्न संसद् सचिवालयलाई भनिन् । तर विपक्षीले उठेर विरोध गरिरहे ।

यसबीचमा उपसभामुखले सदन अघि बढाउन खोजिन् । त्यसलगत्तै माओवादीका प्रमुख सचेतक पाण्डेले पनि उठेर नियमापत्ति जनाएपछि सदनमा तनाव भएको थियो ।

त्यसपछि सभामुखको कुर्सीमा फर्किए घिमिरे । घिमिरेले त्यो दुई मिनेटमा के भएको हो भन्ने कुराको जाँच गर्न उपसभामुख रानामगरले संसद् सचिवालयलाई भनिसकेको भन्दै थुम्थुम्याउने कोसिस गरे । उनले उपसभामुखबाट भएको उक्त कामलाई जाँचका लागि संसद् सचिवालयले काम गर्ने भएकाले बैठक अघि बढाउन भनेका थिए । तर प्रतिपक्षी नमानेपछि १५ मिनेटलाई बैठक रोकियो । १५ मिनेटका लागि भनिएको बैठक अझैसम्म अघि बढेको छैन ।

के भनेका थिए खतिवडाले ?

आजको संसद् सुरु हुँदै गर्दा धेरै कुरा सुन्नमा आयो । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आयो । तर हामीले को गृहमन्त्री हुँदा (रवि लामिछाने लक्षित) देखेका थियौँ । एक नम्बरकोलाई नबनाएर १५ नम्बरको प्रमोशन गरेको देख्यौँ । आईजीपीलाई संसदीय समितिमा बोलाएर निर्दोष छ भनिदिनु भनेर कानेखुसी गरेको पनि देख्यौँ । कसले सदुपयोग र कसले दुरुपयोग गर्यो त्यहाँ हेर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प लङजम्प गरियो ।

दुई ब्याच पछाडिकोलाई प्रमोशन गरियो । त्यतिमात्रै होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा स्थगन गरियो, त्यो कसको पालामा हो जवाफ चाहियो ? बहस गर्ने वकिललाई झ्यामझ्याम् गालामा हानेर सडकमा ल्याउने काम गरियो । अदालतमा मुद्दा चलिरहँदा बाहिर जुलुस निकालेर जिन्दावाद ! मुर्दावाद ! प्रचलन सुरु भयो । यो कसले गरेको थियो ? सदनमा सत्तामा हुँदा एउटा कुरा गर्ने प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पद्धतिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले यो र त्यो भनेका छैनौँ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ३ : ५५ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र