एचपीभी खोप अभियान : १० लाख किशोरीले लगाए खोप  « Khabarhub

एचपीभी खोप अभियान : १० लाख किशोरीले लगाए खोप 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तर्गत १० लाख किशोरीले खोप लगाएका छन् ।

माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा  ६ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपीभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा एक लाख ८१ हजार ५०, मधेश प्रदेशमा एक लाख ४८ हजार ५६, बागमती प्रदेशमा एक लाख ९६ हजार ७४ किशोरीले खोप लगाएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ८६ हजार ११२, लुम्बिनी प्रदेशमा एक लाख ८९ हजार ८७७, कर्णाली प्रदेशमा ८२ हजार ७९६, सुदूरपश्चिम प्रदेशमा एक लाख  ३२ हजार ८०४ किशोरीले एचपीभी खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपीभी खोप अभियान सञ्चालन गरिरहेको छ ।

प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाएमा प्रभावकारी हुने चिकित्सक बताउँछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : १३ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट