एचपीभी खोप अभियान : १० लाख किशोरीले लगाए खोप  « Khabarhub

एचपीभी खोप अभियान : १० लाख किशोरीले लगाए खोप 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तर्गत १० लाख किशोरीले खोप लगाएका छन् ।

माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा  ६ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपीभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा एक लाख ८१ हजार ५०, मधेश प्रदेशमा एक लाख ४८ हजार ५६, बागमती प्रदेशमा एक लाख ९६ हजार ७४ किशोरीले खोप लगाएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ८६ हजार ११२, लुम्बिनी प्रदेशमा एक लाख ८९ हजार ८७७, कर्णाली प्रदेशमा ८२ हजार ७९६, सुदूरपश्चिम प्रदेशमा एक लाख  ३२ हजार ८०४ किशोरीले एचपीभी खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपीभी खोप अभियान सञ्चालन गरिरहेको छ ।

प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाएमा प्रभावकारी हुने चिकित्सक बताउँछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : १३ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल