अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा « Khabarhub

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

एन्फाले पहिलो पटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ । 

उक्त प्रतियोगिताको ‘टिकेटिङ राइट’ रु एक करोड ३५ लाख र ‘ब्रोडकास्टिङ राइट’  ६६ लाखमा बिक्री गरेको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ ५०० तोकिएको छ ।

एन्फाका अनुसार सहभागी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट करिब दुई करोड ५० लाख ५६ हजार १०४ लाग्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : २९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको