चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान | Khabarhub Khabarhub

चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं प्रहरीले मोबाइल फोन चोरीको घटनामा दुई समूहबीच विवाद हुँदा एकजनाको ज्यान गएको घटना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चाबहिलको कुमारीगालमा चोरीको मोबाइल फोन लिने विषयमा दुई समूहबीच विवाद हुँदा २३ वर्षीय संघर्ष कार्कीको मृत्यु भएको खुलाएको हो।

एउटा समूहले चोरेको मोबाइल फोनमा अर्को समूहले दाबी गर्दा विवाद उत्पन्न भएको थियो । त्यही क्रममा झगडा हुँदा कार्कीको मृत्यु भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराले जनाकारी दिए । कार्कीको ज्यान गएको घटनामा तीनजनालाई पक्राउ गरिएको उनले बताए ।

त्यस्तै प्रहरीले काठमाडौंको डल्लुस्थित एक व्यक्तिको घरबाट सुनको गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

डल्लुको एक घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको आरोपमा नरेन्द्र देउला, कोमलबहादुर कार्की र भारतका जाहगिर मलिकलाई पक्राउ गरिएको सूचना अधिकारी बोहोराले बताए ।

पक्राउ परेकामध्ये नरेन्द्र देउला यसअघि पनि अपराधिक कार्यमा संलग्न रहेको खुलेको उनले बताएका छन् ।

त्यस्तै प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा अनलाइन बेटिङ गराएको आरोपमा केहीलाई पक्राउ गरेको छ । चालू आर्थिक वर्षमा ६ वटा अनलाइन बेटिङका घटनामा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ५३ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान