भूमिसम्बन्धी अध्यादेशमा जसपाको अड्कोपछि प्रधानमन्त्रीले बोलाए संयन्त्रको बैठक « Khabarhub

भूमिसम्बन्धी अध्यादेशमा जसपाको अड्कोपछि प्रधानमन्त्रीले बोलाए संयन्त्रको बैठक


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

राजनीतिक संयन्त्रको बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस बैठकमा सरकारले गत पुस १४ गते, पुस २९ गते र माघ २ गते ल्याएका ६ वटा अध्यादेशबारे छलफल हुने छ ।

जसपाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’लाई समर्थन नगर्ने निर्णय गरिसकेको छ। जसपा नेपालले मंगलबार संसदीय दलको बैठकमार्फत् अन्य पाँच अध्यादेशलाई भने समर्थन गर्ने निर्णय गरिसकेको छ। त्यसलगत्तै प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाएका हुन् ।

जसपाले पुस १४ गते जारी गरिएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ लाई समर्थन गर्ने भएको छ ।

त्यसैगरी पुस २९ गते जारी भएका ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि जसपाले समर्थन गर्ने भएको छ ।

गत असार ३० गते प्रधानमन्त्री बनेका ओलीले सरकारलाई सफल र प्रभावकारी बनाउन कांग्रेससँग मिलेर ‘दुई दलीय राजनीतिक संयन्त्र’ बनाएका थिए ।

गत कात्तिक १५ गते बसेको कांग्रेस–एमालेको बैठकबाट प्रधानमन्त्रीले आफू र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाएका थिए ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ०३ बजे

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई