छलफल नगरी अध्यादेश ल्याएकाले अघि बढाउन समस्या भयो : जनार्दन शर्मा « Khabarhub

छलफल नगरी अध्यादेश ल्याएकाले अघि बढाउन समस्या भयो : जनार्दन शर्मा


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कसैसँग छलफल नगरी अध्यादेश ल्याएकाले त्यसलाई अघि बढाउन सरकारलाई समस्या भएको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले सरकारले आफ्नो अनुकूलको अध्यादेश कसैसँग छलफल नगर हतारमा ल्याएको त्यसलाई अघि बढाउन सरकारलाई समस्या भएको बताएका हुन् ।

अध्यादेशप्रति टिप्पणी गर्दै शर्माले मिठो कुरा पनि हतारामा खान खोजियो भने घाँटीमा अड्किने र कुनै स्वाद नहुने उल्लेख गरे  ।

उनले अध्यादेशलाई छिटो सदनमा छलफलमा ल्याउन सुझाव दिँदै अध्यादेशका राम्रा र नराम्रा पक्षको सदनमा नै छलफल हुने बताए ।

त्यस्तै शर्माले सदनलाई जनताको आवाज उठाउने भन्दा पनि आरोप–प्रत्यारोपको थलो बनाइएको जिकिर गरे ।  

उनले भ्रष्टाचारका विषयमा एकले अर्कालाई दोष लगाउनु भन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : २२ बजे

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका