छलफल नगरी अध्यादेश ल्याएकाले अघि बढाउन समस्या भयो : जनार्दन शर्मा « Khabarhub

छलफल नगरी अध्यादेश ल्याएकाले अघि बढाउन समस्या भयो : जनार्दन शर्मा


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कसैसँग छलफल नगरी अध्यादेश ल्याएकाले त्यसलाई अघि बढाउन सरकारलाई समस्या भएको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले सरकारले आफ्नो अनुकूलको अध्यादेश कसैसँग छलफल नगर हतारमा ल्याएको त्यसलाई अघि बढाउन सरकारलाई समस्या भएको बताएका हुन् ।

अध्यादेशप्रति टिप्पणी गर्दै शर्माले मिठो कुरा पनि हतारामा खान खोजियो भने घाँटीमा अड्किने र कुनै स्वाद नहुने उल्लेख गरे  ।

उनले अध्यादेशलाई छिटो सदनमा छलफलमा ल्याउन सुझाव दिँदै अध्यादेशका राम्रा र नराम्रा पक्षको सदनमा नै छलफल हुने बताए ।

त्यस्तै शर्माले सदनलाई जनताको आवाज उठाउने भन्दा पनि आरोप–प्रत्यारोपको थलो बनाइएको जिकिर गरे ।  

उनले भ्रष्टाचारका विषयमा एकले अर्कालाई दोष लगाउनु भन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : २२ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल