एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री « Khabarhub

एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी १० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गरेका छन् । 

आज सामाजिक सञ्जालमा लेख्दै उनले खोप लगाउन यस अभियानमा संलग्न भएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद दिएका हुन् । 

‘माघ २२ गतेदेखि सुरू भएको देशव्यापी एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ । हालसम्म १० लाख किशोरीले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको छैटौँ दिनमा ९माघ २८ गते सम्म० १० लाख १६ हजार सात सय ७१ किशोरीले खोप लगाएका छन् । यो समग्रमा ६० दशमलव ६५ प्रतिशत हो । १६ लाख ७६ हजार चार सय ५२ मध्ये १० लाख १६ हजार सात सय ७१ जना किशोरीले खोप लगाएका हुन् । उनले खोप कार्यक्रम सबैको सहयोगले सफल रूपमा चलिरहेको छ। 

शनिबार विद्यालय बन्द हुनाले खोप अभियान सञ्चालन गरिएको थिएन । उनका अनसार कोशीमा एक लाख ८१ हजार ५० जना, मधेसमा एक लाख ४८ हजार ५६ जना, बागमतीमा एक लाख ९६ हजार ७४ जना, गण्डकीमा ८६ हजार एक सय १२ जना, लुम्बिनीमा एक लाख ८९ हजार आठ सय ७७ जना, कर्णालीमा ८२ हजार सात सय ९८ जना र सुदूरपश्चिममा एक लाख ३२ हजार आठ सय चार जना किशोरीले खोप लगाएका छन्। 

शाखा प्रमुख डा गौतमले छ दिनको सफलता लक्ष्यअनुसार सबै किशोरीलाई खोप लगाइने जानकारी दिए । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका सञ्चालन गरेको खोप अभियानमा कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सहभागी हुँदै छन् । 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ४६ बजे

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१