भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी « Khabarhub

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन र दिगो एआई काउन्सिल स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीले भने,“म एआई फाउन्डेसन र काउन्सिल फर सस्टेनेबल एआई स्थापना गर्ने निर्णयको स्वागत गर्दछु । म फ्रान्स र मेरा प्रिय मित्र राष्ट्रपति म्याक्रोनलाई यी पहलका लागि बधाई दिन्छु र हाम्रो पूर्ण समर्थनको आश्वासन दिन्छु ।”

पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सह–अध्यक्षता गरेको एआई एक्सन शिखर सम्मेलनमा आफ्नो समापन सम्बोधनमा प्रधानमन्त्री मोदीले भने,“आजको छलफलले एउटा कुरा बाहिर ल्याएको छ । सरोकारवालाहरूका उद्देश्यमा एकता छ ।”

“अर्को शिखर सम्मेलनको आयोजना गर्न भारत खुसी हुनेछ,” प्रधानमन्त्री मोदीले उल्लेख गरे ।

“शिखर सम्मेलन एआई वरिपरि अर्थपूर्ण वार्तालापहरूलाई बढावा दिनको लागि सराहनीय प्रयास थियो । पेरिसमा एआई एक्सन शिखर सम्मेलनमा विश्व नेता, नीति निर्माता, विचारक, आविष्कारक र युवाहरूलाई एआई वरिपरि अर्थपूर्ण कुराकानी गर्न एकसाथ ल्याउने प्रशंसनीय प्रयास हो ।”

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १० : ४९ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल