ट्रम्प नीतिको त्रास : ओरालो लाग्यो अमेरिकाको शेयर बजार « Khabarhub

ट्रम्प नीतिको त्रास : ओरालो लाग्यो अमेरिकाको शेयर बजार


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यान्वयनमा ल्याएको करको निर्णयपछि उत्पन्न त्रासले अमेरिकाको शेयर बजारमा ठुलो असर देखिएको छ।

अमेरिकाको सेयर बजारमा अत्यधिक प्रभाव राख्ने नास्डकमा सोमबार चार अंकको गिरावट आएको हो। सन् २०२२ पछि एकै दिन यसरी गिरावट आएको यो पहिलो पटक हो।

टेस्लाको शेयर १५.४ ले घटेको छ। चिप मेकर नभिडियाको सेयर ५ प्रतिशतले घटेको छ। मेटा, अमेजन र अल्फाबेटको शेयरमा पनि नकारात्मक प्रभाव परेको छ।

राजनीतिक विवादको बारेमा सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राजनीति अहिले सङ्क्रमण कालमा रहेको बताए लगत्तै यसको असर शेयर बजारमा परेको हो।

बिहीबार रेकर्ड गरिएको फक्स न्युजको अन्तरवार्ता आइतबार प्रसारण भएको थियो। उनले अमेरिका लागि धेरै गरिरहेका कारण यो सङ्क्रमण काल भएको बताएका थिए।

सोमबार ह्वाइट हाउसका प्रवक्ता केस देसाइले औद्योगिक नेताले ट्रम्पको करको निर्णय लगायत एजेन्डालाई साथ दिनुपर्ने बताएका छन्।

गत साता शेयर बजार उत्साहित थियो। एक साता अघिसम्म नोभेम्बरमा राष्ट्रपति पदमा ट्रम्प निर्वाचित हुनु अगाडिकै अवस्थामा रहेको शेयर पछिल्ला दिन ओरालो लागेको हो। धरै लगानीकर्ता अहिले विदेशबाट आउने कच्चा पदार्थमा कर लगाउने निर्णयको असरका कारण डराएका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : ५१ बजे

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस