धवलागिरि आँखा अस्पताललाई  उपकरण सहयोग « Khabarhub

धवलागिरि आँखा अस्पताललाई  उपकरण सहयोग


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ– धवलागिरि आँखा अस्पताललाई आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल (डिस्ट्रिक ३२५ के)ले आँखा अस्पताललाई आँखा उपचारमा सहयोग पुर्‍याउन ८० लाख रुपैयाँ बराबरको उपकरण तथा स्वास्थ्य सामग्री  प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ नेपालका पूर्वगभर्नर राजेन्द्र बाटाजुले जानकारी दिए ।

धवलागिरि आँखा अस्पतालमा आँखाको उपचार गर्न आउने बिरामीलाई काठमाडौं तथा पोखराको जस्तो स्वास्थ्य सेवा दिने उद्देश्यले आँखा उपचारमा सहयोग पुर्‍याउन उक्त उपकरण सहयोग गरिएको हो ।

अहिले प्राप्त भएको अटो टाइपको मेसिनबाट अस्पतालमै सहज र सुरक्षित अनि छिटो आँखाको उपचार गर्न सहज हुने धवलागिरी आँखा अस्पतालका नेत्र सहायक बिनम लामिछानेले जानकारी दिए । ८० लाख रुपैयाँ बराबरका अत्याधुनिक उपकरण, आँखाको शल्यक्रिया गर्ने उपकरण, फेको प्रविधिका अन्य सामग्री तथा आँखा उपचारमा सघाउने स्वास्थ्य सामग्री तथा उपकरण सहयोग प्राप्त भएको हो ।

उक्त उपकरण खरिदमा लागेको ३० प्रतिशत रकम बागलुङ नगरपालिका र धवलागिरि आँखा अस्पतालको साझेदारीमा संयुक्त लगानी गरिएको हो ।

अस्पतालमा दैनिक ३० जना आँखाका बिरामी आउने गरेका छन्  । पछिल्लो समय मोबाइल तथा कम्प्युटरजस्ता विद्युतीय उपकरणको प्रयोगबाट आँखामा समस्या आउन थालेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : २२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी