नेपालको चिन्ता नलिन भारतीय नेता तथा धर्मगुरुलाई महासचिव पोखरेलको सुझाव « Khabarhub

नेपालको चिन्ता नलिन भारतीय नेता तथा धर्मगुरुलाई महासचिव पोखरेलको सुझाव


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरूले नेपालमा हिन्दूराजाको आवश्यकताको चर्चा गरिरहेको भन्दै टिप्पणी गरेका छन् । 

नेता पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालको बारेमा चासो राख्नुभन्दा भारतमा नै ती हिन्दू धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनर्स्थापित गर्न सुझाव दिएका छन् ।

तर भारतको संविधानले त्यसो गर्न नदिने उल्लेख गर्दै पोखरेलले नेपालको हकमा पनि उस्तै भएको जवाफ दिएका छन् ।

उनले लेखेका छन्– ‘ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५५० भन्दा बढी रियासतहरुलाई आफ्नो अधीनमा राखेका थिए । तिनीहरूमा अधिकांशमा राजा, नवाव र महाराजाहरू थिए । त्यसमध्ये अधिकांश हिन्दू थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृति पनि थियो । सरदार वल्लवभाइ पटेलले भारतीय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : ५४ बजे

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा