अमेरिकासँग वार्ताअघि युक्रेनले मस्कोमा गर्‍यो सयौँ ड्रोनबाट आक्रमण « Khabarhub

अमेरिकासँग वार्ताअघि युक्रेनले मस्कोमा गर्‍यो सयौँ ड्रोनबाट आक्रमण


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

मस्को- तीन वर्षदेखि जारी युद्ध समाप्त गर्न युक्रेनी र अमेरिकी अधिकारी साउदी अरबमा वार्ताका लागि जुट्दै गर्दै रूसको राजधानी मस्कोमा ठूलो संख्यामा ड्रोन हमला भएको छ ।

रूसी स्थानीय अधिकारीका अनुसार मस्कोमा गएराति भएको ‘सयौँ संख्याको ड्रोन हमलामा’ कम्तीमा पनि एकजना व्यक्तिले ज्यान गुमाएका छन् । घटनामा तीनजना घाइते भएका छन् ।

क्षेत्रीय गभर्नर आन्द्रेई भोरोबयेभले बताएअनुसार राजधानीबाहिर भिदनोये र डोमोडेडोभो क्षेत्रमा मानिसहरूको हताहती भएको हो । उनका अनुसार एक ठूलो भवनका सातवटा अपार्टमेन्टमा आक्रमणबाट क्षति पुगेको छ ।

मस्कोका मेयर सर्गेई सोभयानिनका अनुसार सहरको बाहिरी क्षेत्रमा ७३ वटा ड्रोनलाई खसालिएको छ । एक भवनको छतमा ड्रोन भग्नवाशेष खसेर क्षति भएको छ ।

हमलापछि मस्कोको एक जिल्लाको रेल नेट्वर्क बन्द गरिएको छ। अहिले त्यहाँको विमानस्थलमा उडान पनि रोकिएको छ।

यो आक्रमण रूस र युक्रेनबीच जारी युद्ध समाप्त गर्न साउदी अरबमा अमेरिकासँग वार्ता हुनुअघि भएको हो । यस आक्रमणबारे अहिलेसम्म युक्रेनले केही बोलेको छैन।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ५६ बजे

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो

विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

कास्की– अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा