‘लाज शरणम’ हेरेपछि बालेनले गरे धुर्मुसको प्रशंसा « Khabarhub

‘लाज शरणम’ हेरेपछि बालेनले गरे धुर्मुसको प्रशंसा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हाल हलहरूमा प्रदर्शनरत चलचित्र ‘लाज शरणम’ हेरेका छन् ।

उनले हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र आफ्ना अघोषित सल्लाहकार अर्जुन घिमिरे ‘पाँडे’सहित दरबारमार्गस्थित हलमा पुगेर ‘लाज शरणम’ हेरेका हुन् । बालेन काठमाडौंको चुनावमा उठ्नु अघिदेखि नै पाँडे सहयोगीका रुपमा छन् ।

पछिल्लो समय ‘धुर्मुस’को अभियानमा निखार नपाइएको टिप्पणी भइरहेका बेला बालेनले भने तारिफ गरेका छन् । उनले ‘धुर्मुस’को खुलेर प्रशंसा गर्दा गजब अभिनय गरेको बताएका हुन् ।

गत फागुन १४ अर्थात् शिवरात्रिदेखि प्रदर्शन भइरहेको ‘लाज शरणम’मा धुर्मुसको अभिनय ‘लाउड’ र ‘कर्कश’ भएको टिप्पणी आएको थियो ।

बालेनले गएराति दरबारमार्गस्थित दरबार सिनेमाजमा ‘लाज शरणम’ हेरेपछि धुर्मुसको अभियनमा डिटेलिङ उत्कृष्ट देखिएको भन्दै तारिफ गरेका हुन् । बालेन आफ्ना सहयोगीमध्ये एक भिक्टर पौडेललाई लिएर हलमा पुगेका थिए ।

‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ! लास्टै दामी, लास्टै मजा आयो,’ बालेनले भनेका छन् ।

उनले धुर्मुसलाई बधाईसमेत दिए। सामाजिक सञ्जालमा आएका भिडियोमा बालेनले अगाडि भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो।’

‘लाज शरणम’ मा बालेनको स्वरको र्‍याप गीत पनि हेर्न पाइन्छ । फिल्मले सुरूमा सुस्त देखिए पनि हलहरूमा अहिले राम्रो व्यापार गरिरहेको छ । तर अहिले ‘लाज शरणम’ का लागि ‘होस्टेल ३’ चुनौती बनेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ०८ बजे

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा