‘लाज शरणम’ हेरेपछि बालेनले गरे धुर्मुसको प्रशंसा « Khabarhub

‘लाज शरणम’ हेरेपछि बालेनले गरे धुर्मुसको प्रशंसा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हाल हलहरूमा प्रदर्शनरत चलचित्र ‘लाज शरणम’ हेरेका छन् ।

उनले हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र आफ्ना अघोषित सल्लाहकार अर्जुन घिमिरे ‘पाँडे’सहित दरबारमार्गस्थित हलमा पुगेर ‘लाज शरणम’ हेरेका हुन् । बालेन काठमाडौंको चुनावमा उठ्नु अघिदेखि नै पाँडे सहयोगीका रुपमा छन् ।

पछिल्लो समय ‘धुर्मुस’को अभियानमा निखार नपाइएको टिप्पणी भइरहेका बेला बालेनले भने तारिफ गरेका छन् । उनले ‘धुर्मुस’को खुलेर प्रशंसा गर्दा गजब अभिनय गरेको बताएका हुन् ।

गत फागुन १४ अर्थात् शिवरात्रिदेखि प्रदर्शन भइरहेको ‘लाज शरणम’मा धुर्मुसको अभिनय ‘लाउड’ र ‘कर्कश’ भएको टिप्पणी आएको थियो ।

बालेनले गएराति दरबारमार्गस्थित दरबार सिनेमाजमा ‘लाज शरणम’ हेरेपछि धुर्मुसको अभियनमा डिटेलिङ उत्कृष्ट देखिएको भन्दै तारिफ गरेका हुन् । बालेन आफ्ना सहयोगीमध्ये एक भिक्टर पौडेललाई लिएर हलमा पुगेका थिए ।

‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ! लास्टै दामी, लास्टै मजा आयो,’ बालेनले भनेका छन् ।

उनले धुर्मुसलाई बधाईसमेत दिए। सामाजिक सञ्जालमा आएका भिडियोमा बालेनले अगाडि भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो।’

‘लाज शरणम’ मा बालेनको स्वरको र्‍याप गीत पनि हेर्न पाइन्छ । फिल्मले सुरूमा सुस्त देखिए पनि हलहरूमा अहिले राम्रो व्यापार गरिरहेको छ । तर अहिले ‘लाज शरणम’ का लागि ‘होस्टेल ३’ चुनौती बनेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ०८ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम