राजावादीलाई उचाल्न देश बाहिरबाट पनि चलखेल भयो : प्रचण्ड « Khabarhub

राजावादीलाई उचाल्न देश बाहिरबाट पनि चलखेल भयो : प्रचण्ड


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको विगत सात महिनाको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा मंगलबार प्रतिनिधिसभालाई सम्बोधनका क्रममा वर्तमान सरकारको अक्षमताका कारण देशका हरेक तप्का र समुदाय आन्दोलनको मोडमा पुगे‍को पनि बताए ।

दाहालले फागुन २५ भएको राजावादीको आन्दोलनमा विदेशी शक्तिको चलखेलसमेत रहेको बताएका छन् । ‘राजावादी यसरी सक्रिय हुनुमा संगठित शक्ति लागेको छ’, उनले भने, ‘देशभित्रबाट मात्रै होइन, विदेशी शक्तिले पनि राजावादीलाई उकास्न चलखेल गरेका छन् ।’

उनले विश्वका कयौँ देशमा राजतन्त्र अन्त्य हुँदा काटिएको र मारिएको स्मरण गर्दै नेपालमा भने सम्मानजनक रुपमा नागरिकको हैसियत दिएर बिदा गरिएको पनि बताए । नेपालमा लोकतन्त्रले राजावादीलाई बोल्ने हक दिएको बताउँदै तर धेरै चलखेल नगर्न पनि चेतावनी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ०३ बजे

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

चितवन– केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको