प्रचण्डले भने, ‘सरकारका कारण राजावादी सलबलाए, देशको स्थिति जटिल हुँदै गयो’ « Khabarhub

प्रचण्डले भने, ‘सरकारका कारण राजावादी सलबलाए, देशको स्थिति जटिल हुँदै गयो’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम र असफलताका कारण प्रतिगामीविरुद्ध जुध्नुपर्ने बेला आएको बताएका छन् ।

उनले सरकारकै कमजोरीका कारण राजावादीहरू सलबलाएको बताए हुन् । मंगलबार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेताका रुपमा सम्बोधनका क्रममा उनले गणतन्त्र स्थापना गर्न सहिद भएकाहरूलाई सम्झिँदै अहिलेको अवस्थाको दोष सरकारलाई लगाएका हुन् ।

उनले भने, ‘जनताको उपलब्धि उल्टाउने कोसिस भएको छ । सरकारका गलत काम र प्रतिगामीविरुद्ध जुध्नुपर्ने भएको छ । आठ महिनाअघिसम्म असन्तोष थिएन ।’

उनले गुठी पीडित, लघुवित्तपीडित, सहकारी पीडित र शिक्षक पनि आन्दोलनमा भएकाले देशको स्थिति जटिल हुँदै गएको निष्कर्ष सुनाए ।

‘सरकारले जनतासँग संवाद गर्ने हैसियत गुमाएको छ । यसकारण राजावादी हौसिए । अहिले सडकमा ओर्लिएर सल्बलाएका छन्’, उनले भने, ‘यसमा देशभित्र र बाहिरका चलखेल मिसिएका छन् । शासकीय शैली र असन्तोष मूल कारण हो । नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि मैलिक छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै