संसदमा राप्रपाको हुंकार- यो ट्रेलर मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ | Khabarhub Khabarhub

संसदमा राप्रपाको हुंकार- यो ट्रेलर मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरू डराएको दाबी गरेकी छन् ।

 मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रेलरमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताइन् ।

उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ । लेलिनको भूत हो कि माओवादीको भूत ?  उहाँसँग प्रश्न गर्न चाहन्छु । अर्को एक जना मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद गरेको देख्नुभएछ । यो त मित्र ट्रेलर मात्र हो ।अरु जिल्लाका मान्छे थपिए । बाँकी ७३ जिल्लाका मान्छेहरू थपिएभने जुन भिड आउँछ । त्यो देखेर नआत्तिनू होला लुक्ने ठाउँ अहिले नै खोज्नुहोला ।’

सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । 

उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ ।’
 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ४१ बजे

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर