गगनको टिप्पणी- प्रचण्डलाई खतरै कुरा भने जस्तो लाग्दो रहेछ « Khabarhub

गगनको टिप्पणी- प्रचण्डलाई खतरै कुरा भने जस्तो लाग्दो रहेछ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा ‘को भन्दा को’ खतरा हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामाको विशेष समयमा बोल्दै थापाले सबै दलसँग बसेर संविधान संशोधन गरिनेसमेत बताए ।

‘प्रदेशलाई हामीले नै अधिकार दिन नसकेर ठिक ढंगले काम गर्ने सकेका छैनन् । यसमा सबै बसेर छलफल हुनुपर्छ’, उनले भने ।

प्रतिपक्षी दलहरूले धारिलो प्रश्न गर्न पाउने तर सबै दोष सरकारलाई मात्रै लगाउन नहुने उनले बताए । दलहरू एक अर्काका सहकर्मी भएर समस्याको समाधान गर्नुपर्ने पनि उनले बताए ।

‘प्रतिपक्षी दलका नेतालाई खतरै कुरा भनेजस्तो लाग्छ होला । अहिले कोभन्दा को खतरा भन्ने प्रतिस्पर्धा चलेको छ । देशको सीमाभित्र बसेर आफ्ना कुरा राख्न पाइने छुट छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो’, थापाले भने, ‘संविधानका केही कुरा बदल्दै गरौँ भन्दा लोकतन्त्र, संघीयता बदल्न सकिँदैन । यसबारे सबै पार्टीमा छलफल हुन्छ । सबैसँग सबै कुरा मिल्छ भन्ने छैन ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ५१ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका