युवासंघका नेतालाई खुकुरी हानेको घटनामा एकजना पक्राउ « Khabarhub

युवासंघका नेतालाई खुकुरी हानेको घटनामा एकजना पक्राउ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे ‘राज’सहित तीन युवामाथि गएराति भएको आक्रमणमा संलग्न रहेको आरोपमा बिर्तामोड नगरपालिका-४ का खगेन्द्र खालिङ पक्राउ परेका छन् ।

खालिङलाई बिर्तामोडबाटै पक्राउ गरेर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन् । उनी पनि एमालेकै कार्यकर्ता भएको खुलेको छ ।

घटनामा अन्य युवासमेत संलग्न भएको आशंकामा प्रहरीले खोजी जारी राखेको खड्काले बताए ।

गएराति हत्या गर्ने योजनासहित भएको आक्रमणबाट युवा संघका तीन युवा नेता गम्भीर घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणमा घाइते हुनेहरूमा आङ्देम्बेसहित विश्वदीप राजवंशी र अजय खवास छन् । इन्चार्ज आङ्देम्बेको आईसीयु र अरू दुईजनाको अर्थोवार्डमा उपचार भइरहेको छ ।

आङ्देम्बेलाई खुकुरी प्रहार गरिँदा उनको अनुहारमा गम्भीर चोट लागेको छ। अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

उनीहरूमध्ये आङ्देम्बेलाई बिर्तामोड–४ का खगेन्द्र खालिङले राति करिब १ बजे घरमा बोलाएका खुलेको छ। घरभित्र पस्न चेनगेटमा पुग्नेबित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते खवासले पत्रकारहरूलाई बताएअनुसार आङ्देम्बेको हत्या गर्ने उद्धेश्यले खुकुरी प्रहार भएको हो । ‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ’, खवासले भने ‘मेरा हातका ४ वटा औँला काटिए । आक्रमण योजनावद्ध गरिएको छ ।’

अर्का घाइते राजवंशीलाई भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका त्यही समूहका ४ जनाले आक्रमण गरेका थिए ।

घटनाको जानकारी पाएपश्चात संलग्न अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ५९ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले