‘१२ गाउँ’को सिक्वेल रोकेर ‘राम नाम सत्य’ गर्दै विराज | Khabarhub Khabarhub

‘१२ गाउँ’को सिक्वेल रोकेर ‘राम नाम सत्य’ गर्दै विराज


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोजमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ सुपरहिट बन्यो । यसका नायक र निर्देशक विराज भट्ट हुन् ।

होम प्रोडक्सनको सुपरहिट फिल्म दिएकाले लामो समयपछि नेपाली सिनेमा क्षेत्रमा विराजको उपस्थिति स्मरण हुने गरी देखिएको छ ।

उनले अब कुन फिल्म गर्लान् ? भन्नेमा आम दर्शकको चासो छ । यता विराज भने ‘१२ गाउँ’को सिक्वेल ल्याउने तयारीमा थिए ।

तर, अहिले ‘१२ गाउँ’ सिक्वेलको निर्माणको कामलाई विराजले विश्राम दिएका छन् । उनी बाहिरी ब्यानरको फिल्म ‘राम नाम सत्य’मा अनुबन्ध भएका छन् ।

विराज र ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दबीच कागजी सम्झौता भइसकेको छ ।

‘राम नाम सत्य’का कथा वस्तु रोचक लागेकाले होम प्रोडक्सनको फिल्मलाई केही समय रोकेको विराजले बताए । यो फिल्म सकिएपछि विराज सिक्वेलको काममा लाग्ने बुझिएको छ ।

फिल्मका लेखक समेत रहेका निर्देशक चन्दका अनुसार अन्य कलाकार चयनको काम भने बाँकी छ । सम्झौता भएका कलाकारहरु सार्वजनिक गर्दै जाने तयारीमा उनी छन् ।

यस फिल्मको छायाङ्कन भने आगामी नयाँ वर्षको सुरुवातबाट हुने बताइएको छ । विशेष योजना रहेकाले फिल्मको प्रि-पोडक्सनमा केही समय बढी लाग्ने चन्दले बताए ।

यस फिल्ममा एक्सन, लभ स्टोरी र कमेडीको मिश्रण हुने निर्देशक चन्दले बताए । फिल्मका निर्माताहरु उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमली हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ०८ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक