राजावादी सलबलाउनुमा एमालेले गर्‍यो प्रचण्डमाथि आंशका « Khabarhub

राजावादी सलबलाउनुमा एमालेले गर्‍यो प्रचण्डमाथि आंशका


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद गोकर्ण विष्टले राजावादीहरू उचाल्ने काममा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको हात हुन सक्ने भन्दै प्रश्न गरेका छन् ।

एमाले सचिवसमेत रहेका विष्टले मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बेल्दै प्रचण्डले विचौलियालाई नजिकबाट चिनेको हो कि भन्ने आंशका गरे । उनले प्रतिगामी शक्तिलाई मलजल गर्नेगरी प्रचण्डले अभिव्यक्ति दिएको दाबी गरे ।

‘सरकारको प्रयत्नलाई प्रतिपक्षी नेताले बारम्बार असंवैधानिक भनेर उठाइरहनु भएको छ । मैले बुझ्न नसक्या कुरा यति मात्रै हो कि, उहाँ सात आठ महिना प्रधानमन्त्री हुँदा नेपालमा रामराज्य थियो ? सरकारबाट बाहिरिनेबित्तिकै कसरी नेपाल रावण राज्यमा परिणत भयो ? आज उहाँमा किन चिढचिढाहाट देखिन्छ?’, विष्टले भने, ‘यही प्रश्न आएको छ । देशमा निराशा र वितृष्णा पैदा गर्ने गरी अभिव्यक्ति दिइरहनु भएको छ । प्रतिगामी शक्तिलाई मलजल गर्दै बोलिरहनु भएको छ । कतै आज पूर्वराजाको हौसलापछाडि उहाँका गतिविधि पनि सहयोगी त बनिरहेका छैनन ? गम्भीर रूपमा समीक्षा गर्नुपर्छ ।’

उनले सत्तामा रहँदा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने नेपालको प्रवृत्ति सच्चाउनुपर्ने बताए । hनताप्रति इमानदार रहन प्रतिपक्षी दलले पनि ठिक ढंगले भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : २९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्