राजावादीबारे प्रधानमन्त्री- चुनावमा प्रतिस्पर्धा गर्न पाइन्छ, अहिलेको व्यवस्थाविरु्दध नलाग्‍नू | Khabarhub Khabarhub

राजावादीबारे प्रधानमन्त्री- चुनावमा प्रतिस्पर्धा गर्न पाइन्छ, अहिलेको व्यवस्थाविरु्दध नलाग्‍नू


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारले र मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् ।

कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार संशोधन गर्दै जाने पनि जानकारी दिए ।

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको उनले बताए । संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने उनको भनाइ छ ।

‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ’, उनले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ ।’

उनले सरकारले अहिले रोजगारीका अवसरमा सृजना गर्न लागिरहेको उद्यमशीलतामा जोड दिइरहेको पनि बताए । ‘त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो’, उनले भने, ‘संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर जानुपर्ने बताए । उनले विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवले भरिपूर्ण नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : १८ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय