राजावादीबारे प्रधानमन्त्री- चुनावमा प्रतिस्पर्धा गर्न पाइन्छ, अहिलेको व्यवस्थाविरु्दध नलाग्‍नू « Khabarhub

राजावादीबारे प्रधानमन्त्री- चुनावमा प्रतिस्पर्धा गर्न पाइन्छ, अहिलेको व्यवस्थाविरु्दध नलाग्‍नू


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारले र मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् ।

कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार संशोधन गर्दै जाने पनि जानकारी दिए ।

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको उनले बताए । संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने उनको भनाइ छ ।

‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ’, उनले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ ।’

उनले सरकारले अहिले रोजगारीका अवसरमा सृजना गर्न लागिरहेको उद्यमशीलतामा जोड दिइरहेको पनि बताए । ‘त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो’, उनले भने, ‘संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर जानुपर्ने बताए । उनले विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवले भरिपूर्ण नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : १८ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन