कांग्रेस पार्टी कार्यालय सानेपामा शिक्षकहरुको धर्ना « Khabarhub

कांग्रेस पार्टी कार्यालय सानेपामा शिक्षकहरुको धर्ना


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शिक्षक महासंघले दोश्रो चरणको आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।

सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले कांग्रेस पार्टी कार्यालयमा धर्ना दिएका हुन् । 

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अव जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दवाव दिने उद्देश्यले महासंघले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिन सुरु गरेका हुन् ।

दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन २७ देखि चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ ।

त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : २३ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ