पूर्वराजालाई समर्थन गरेपछि पोर्चुगलस्थित पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त « Khabarhub

पूर्वराजालाई समर्थन गरेपछि पोर्चुगलस्थित पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूको पक्षमा औपचारिक रुपमा लिखित वक्त्वय निकालेपछि पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोला बर्खास्तीमा परेका छन् ।

यही आइतबार काठमाडौंमा भएको राजावादीको प्रदर्शनको समर्थन गर्दै लिखित वक्तव्य नै निकालेपछि सरकारले उनलाई पदबाट हटाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो।

मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले एक वक्तव्य निकाल्दै बास्तोलालाई हटाइएको बताएका छन् । ’निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले ऐ कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ’, मन्त्रालयले भनेको छ।

पूर्वराजालाई समर्थन गरेपछि उनलाई सरकारले स्पष्टीकरण सोधेको थियो । उनले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै पद खोसिएको हो ।

आइतबार मात्रै सरकारलाई बुझाएको स्ष्टीकरणमा उनले भनेका थिए, ‘देशमा संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो । म देशमा राजसंस्थाको पक्षधर हो । राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख’, उनले भनेका थिए, ‘ ’जुन दिन देशमा राजतन्त्र आउने छ, त्यतिबेला जिम्मेवारी लिउँला । तिमीहरूको भ्रष्ट सरकारको कागजी पदमा बस्न मलाई चाहना छैन ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : ५७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड