नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ « Khabarhub

नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : २१ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान