बारम्बार नाकमा औँला हाल्ने बानी छ ? | Khabarhub Khabarhub

बारम्बार नाकमा औँला हाल्ने बानी छ ?


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाकमा औँला हाल्ने धेरैको बानी हुन्छ । प्रायः एक्लै बसेका मानिसहरूले नाकमा औँला हाल्छन् । देख्दा र सुन्दा सामान्य बानी जस्तो लागेपनि यसबाट धेरै प्रकारका रोगहरू लाग्ने जोखिम हुन्छ । नाकमा औँला हाल्ने बानीले कस्ता रोग निम्त्याउँछ, जानौं ।

संक्रमणको जोखिम

नाकमा औँला हाल्ने बानीले संक्रमणको जोखिम बढाउँछ । हाम्रो औँला र नङमा अनगिन्ती ब्याक्टेरियाहरू हुन्छन् । यस्तो अवस्थामा, जब तपाईं बारम्बार आफ्नो औँला नाकमा राख्नुहुन्छ, यो म्यूकस मेम्ब्रेनको प्रत्यक्ष सम्पर्कमा आउँछ र यसले साइनस संक्रमण, नाकमा फोका आउने जस्ता समस्या निम्त्याउन सक्छ।

नाकबाट रगत बग्ने

बारम्बार नाकमा औँला हाल्दा रगत बग्ने जोखिम हुन्छ । नाक भित्रको तह धेरै संवेदनशील हुन्छ। यस्तो अवस्थामा औँलाले नाकको भित्री तहमा चिथर्दा चोट लाग्न सक्छ र रक्तस्राव हुन सक्छ ।

श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ

नाकमा बारम्बार औँला हाल्दा श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याउन सक्छ । औँला र नङमा भएका खतरनाक ब्याक्टेरिया नाक हुँदै श्वासनलीमा पुग्न सक्छन् । यसले खोकी र ब्रोन्काइटिस जस्ता समस्याहरूको जोखिम निम्त्याउँछ ।

संक्रमण मस्तिष्कमा पुग्न सक्छ

नाक र मस्तिष्कबीचको हड्डी धेरै पातलो हुने भएकाले कतिपय अवस्थामा ब्याक्टेरिया नाकबाट मस्तिष्कमा पनि पुग्न सक्छ। यस कारणले गर्दा मेनिन्जाइटिस जस्तो गम्भीर रोग लाग्न सक्छ।

कसरी हटाउने नाकमा औँला हाल्ने बानी ?

यदि तपाईं आफ्नो नाकमा औंला राख्ने बानीबाट छुटकारा पाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो तनाव र अल्छीपन कम गर्ने प्रयास गर्नुहोस् । आफ्नो नाकमा औंला हाल्न मन लाग्छ भने आफूलाई व्यस्त राख्ने प्रयास गर्नुहोस् । यदि बालबालिकामा यस्तो बानी छ भने, उनीहरूलाई माया गरेर बुझाउनुहोस् र नाकको सरसफाइ सिकाउनुहोस् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : ४८ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन